Thursday, July 30, 2026

यूएईमाथि नेपालको जित

बारा, १८ वैशाख । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ ।

नेपालले यूएईलाई ६ रनले पराजित गरेको हो।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा वर्षाले अवरोध गरेपछि खेलको निर्णय डकवर्थ लुइस पद्धतिअनुसार भएको थियो । वर्षाका कारण खेल छोट्याएर ३८ ओभरमा झारिएपछि यूएईले २ सय ५५ रनको नयाँ लक्ष्य पाएको थियो। यूएईले निर्धारित ३८ ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सकेपछि नेपालको जित सुनिश्चित भएको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८९ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

नेपालको इनिङ्सलाई बलियो बनाउन दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतकीय योगदान दिए। उनले मात्र ९४ बलमा १०० रनको इनिङ्स खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर