Friday, July 31, 2026

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालले ओमानलाई ८१ रनले हरायो

बारा, २२ वैशाख । नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै शानदार जित हात पारेको छ।

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपालले ओमानमाथि जित निकालेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रनको चुनौतीपूर्ण लक्ष्य तयार पारेको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९४ रनको अर्धशतकीय इनिङ खेले भने अर्जुन कुमालले ४८ रन र आरिफ शेखले आक्रामक ४३ रन जोडे।

जवाफी ब्याटिङमा उत्रिएको ओमानको ३९.५ ओभरमा १७५ रनमै  सबै विकेट गएको थियो । नेपालका लागि गुल्सन झा एक्लैले ५ विकेट लिएर ओमानको ब्याटिङ  लिएका थिेए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर