Friday, July 31, 2026

विश्वकप लिग-२: नेपाल विरुद्ध पहिले ब्याटिङ गर्दै स्कटल्यान्ड

बारा, २९ वैशाख । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजबाट टियू मैदानमा सुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ।

स्कटल्यान्डका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले सुरुमा बलिङको निम्तो पाएको हो।

नेपालका लागि यो सिरिज निकै महत्त्वपूर्ण मानिएको छ । नेपालले बलियो स्कटल्यान्डको सामना गर्दै खेलको सुरुवात गरेको छ। अंकतालिकाको समीकरण हेर्दा यो प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। हाल अमेरिका २४ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा ३४ अंक जोड्दै दोस्रो स्थानमा सुरक्षित छ।

अर्कोतर्फ, नेपालका लागि भने यो सिरिज चुनौतीपूर्ण रहने देखिन्छ। नेपाल हालसम्म २४ खेलमा मात्र १८ अंक जोडेर तालिकाको सातौँ स्थानमा सीमित छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर