Thursday, July 30, 2026

ग्रे लिस्टबाट बाहिर निस्कन सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : अर्थमन्त्री डा. वाग्ले

बारा, ०६ जेठ । सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट बाट बाहिर निकाल्न सबै सम्भव उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो प्रतिबद्धता जनाएका हुन ।

बैठकमा एपीजीका प्रतिनिधिसँग कुराकानी गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपाललाई ग्रे लिस्टको कलङ्कबाट मुक्त गर्न सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्ने स्पष्ट पारे । वर्तमान सरकारले सुशासन स्थापना र विकासलाई प्राथमिकतामा राखेको चर्चा गर्दै उहाँले जनमतको प्रमुख अपेक्षा नै सुशासन भएकाले यस क्षेत्रमा गरिएका कामको परिणाम जनताले प्रत्यक्ष अनुभूति गर्न थालेको दाबी गरेका छन्। ग्रे लिस्टबाट उम्किनका लागि तत्काल र नियमित रूपमा गर्नुपर्ने कामहरू सम्बन्धित सरकारी निकायहरूले तीव्र गतिमा अघि बढाइरहेको र अघिल्लो समीक्षा अवधिको तुलनामा नेपालको सूचकहरूमा सुधार आएको समेत उनले उल्लेख गरे ।

छलफलमा सहभागी एपीजीका उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपालले ग्रे लिस्टबाट बाहिरिन अझै पर्याप्त र ठोस कामहरू गर्न बाँकी रहेको औंल्याएका छन् । वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले २०८१ फागुनमा नेपाललाई दुई वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । उक्त सूचीबाट सफलतापूर्वक बाहिर निस्कन नेपालले १५ बुँदे सुधारका कार्ययोजना (आइसिआरजी एक्शन प्लान) प्रति प्रतिबद्धता जनाउँदै सोहीअनुरूप काम गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर