Thursday, July 30, 2026

विश्वकप लिग २: नेपालद्वारा अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य

बारा, ०८ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई जितका लागि ३१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको बलियो योगफल खडा गर्‍यो।

नेपालका लागि ओडिआईमा सानदार पुनरागमन गरिरहेका ब्याटर डा. ईशान पाण्डेले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ्स खेले। उनले मात्र ८३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै नेपाली इनिङ्सलाई मजबुत बनाएका थिए। नेपाललाई यो विशाल योगफलसम्म पुर्‍याउन मध्यक्रमका आक्रामक ब्याटर दीपेन्द्र सिंह ऐरीले पनि विष्फोटक ब्याटिङ गरे। दीपेन्द्रले मात्र ३६ बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्दतले ५९ रनको महत्त्वपूर्ण योगदान दिए।

त्यस्तै ओपनर आसिफ शेखले ४३ रन र कप्तान रोहित पौडेलले ४६ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। बलिङतर्फ अमेरिकाका शुभम रञ्जनेले ३ विकेट लिए। पहिलो इनिङ्सको समाप्तीसँगै नेपाल बलियो स्थितिमा देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर