Sunday, June 7, 2026

एसियन गेम्स छनोट : फाइनलमा पुग्यो नेपाल

spot_img

बारा, २४ जेठ । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा ओमानमाथि ८ विकेटको सानदार जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा ओमानले प्रस्तुत गरेको ९४ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ९.२ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो । नेपालको जितमा विष्फोटक ब्याटिङ गर्दै लोकेश बमले २६ बलमा ७ चौका र १ छक्काको मद्दतले अविजित ४४ रनको महत्त्वपूर्ण इनिङ खेले ।

त्यस्तै, कप्तान रोहितकुमार पौडेलले अविजित २१ रन र ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए । तेस्रो विकेटका लागि लोकेश र रोहितबीच अविजित ६८ रनको बलियो साझेदारी भएपछि नेपालको जित सहज बनेको हो । ओमानका बलर समीर ओटमनले नेपालका दुवै विकेट लिएका थिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको कसिलो बलिङसामु टिक्न नसकी १९.४ ओभरमा ९४ रनमै अलआउट भएको थियो । ओमानका लागि कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८, जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले घातक बलिङ गर्दै ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट चट्काए । त्यस्तै शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको नाममा १/१ विकेट रह्यो । नेपालले अब उपाधिका निम्ति हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर