Friday, July 10, 2026

नेपालमा भारत ‘ए’ टोलीको टी–२० श्रृंखला: नेपाली क्रिकेटका लागि ऐतिहासिक अवसर

काठमाडौं, २६ असार‌। नेपालले भारत ‘ए’ टोलीसँग तीन खेलको टी–२० श्रृंखला आयोजना गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस श्रृंखलालाई नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो श्रृंखला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) सम्मेलनका क्रममा स्कटल्याण्डमा भएको उच्चस्तरीय भेटघाटपछि पुष्टि भएको हो। उक्त बैठकमा क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) का अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) का सचिव देवजीत सैकियाबीच छलफल भएको थियो।

नेपाल र भारतबीच पछिल्ला वर्षहरूमा क्रिकेट सहकार्य निरन्तर विस्तार भइरहेको छ। यसअघि पनि भारतीय क्रिकेट बोर्डले नेपालसँग सहकार्य गर्दै प्रशिक्षण तथा विकास कार्यक्रममा सहयोग गर्दै आएको छ, जसले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको छ ।

पहिलो खेल डिसेम्बर ९, ११ र १३ तारिखमा खेलिने छ। यस श्रृंखलाले नेपाली खेलाडीहरूलाई उच्च प्रतिस्पर्धात्मक स्तरमा आफूलाई प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ। भारत ‘ए’ टोलीमा घरेलु क्रिकेटका उत्कृष्ट र उदीयमान खेलाडीहरू रहने भएकाले खेलको स्तर निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

विशेषगरी, घरेलु मैदानमा हुने यस्ता अन्तर्राष्ट्रिय खेलहरूले नेपाली क्रिकेटप्रति जनचासो अझ बढाउने र पूर्वाधार तथा व्यवस्थापन सुधारतर्फ ध्यानाकर्षण गराउने विश्वास गरिएको छ। साथै, यो श्रृंखला नेपाल–भारत खेल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अर्को महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर