Thursday, July 23, 2026

एसियन गेम्स क्रिकेट: १२ वर्षपछि नेपाल र अफगानिस्तानबीच खेल हुने, जापान पनि सोही समूहमा

बारा, ०७ साउन । आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्स २०२६ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाल र अफगानिस्तानबीच खेल हुने भएको छ।

बिहीबार सम्पन्न समूह चरणको ड्र अनुसार नेपाल समूह ए मा अफगानिस्तान र आयोजक जापानसँग परेको छ। नेपालले पछिल्लोपटक सन् २०१४ को टी-२० विश्वकपमा अफगानिस्तानसँग खेलेको थियो । उक्त खेलमा नेपालले ९ विकेटको शानदार जित निकालेको थियो। अब १२ वर्षको लामो प्रतीक्षापछि यी दुई टोली पुनः टी-२० अन्तर्राष्ट्रिय मञ्चमा आमनेसामने हुनेछन्।

प्रतियोगिताको नियम अनुसार समूह ए र समूह बी बाट शीर्ष दुई-दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्, जसका लागि नेपालले समूह चरणमा कम्तीमा एक खेल जित्नुपर्नेछ। नेपालले यसअघि सिङ्गापुरमा सम्पन्न एसियन गेम्स छनोट प्रतियोगितामा अपराजित रहँदै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको थियो।

भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश भने सिधै क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन्। खेल तालिका तथा विस्तृत विवरण चाँडै सार्वजनिक हुने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर