Thursday, July 30, 2026

संसद बैठकअघि सभामुखले गरे राष्ट्रपतिसँग भेटवार्ता

बारा, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ।

बिहीबार सम्पन्न उक्त भेटका क्रममा सभामुख अर्यालले राष्ट्रपति पौडेललाई मुलुकको विद्यमान राजनीतिक परिस्थिति तथा आगामी संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

१४ दिनको अन्तरालपछि आज प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुख अर्याल छलफलका लागि शीतलनिवास पुगेका हुन्। यसअघि बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग छुट्टै भेटवार्ता गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर