Friday, July 31, 2026

प्रधानमन्त्रीले मधेसवादी दलहरुसंग छलफल गर्दै

बारा, १५ साउन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को उपस्थितिमा देशमा विकसित पछिल्लो घटनाक्रममा केन्द्रित भई मधेसवादी तथा मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग बैठक सुरु भएको छ।

छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउत, जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, एमाले नेता लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेश कुमार सिंह, जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी तथा जयकान्त राउतलगायतका प्रमुख नेताहरूको सहभागिता रहेको छ।

बैठकमा मूलतः मधेस क्षेत्रमा सिर्जित पछिल्ला परिस्थितिको सूक्ष्म विश्लेषण, शान्ति-सुरक्षा व्यवस्था लगायतको विषयमा छलफल गरी साझा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर