बारा,२५ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै स्टार लेग-स्पिनर सन्दीप लामिछानेलाई पुनः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको एकदिवसीय कप्तान घोषणा गरेको छ।
सन् २०२२ को अगस्ट ३० मा नेपालका लागि अन्तिम पटक कप्तानी गरेका सन्दीपले करिब दुई वर्षपछि पुनः टोलीको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्।
क्यानको यस नयाँ निर्णयले राष्ट्रिय टोलीको नेतृत्व संरचनामा फेरबदल ल्याउँदै सन्दीपलाई पुनः कप्तानको जिम्मेवारीमा फर्काएको छ।




