Friday, August 14, 2026

एसीसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

Advertisement
Advertisement Advertisement

बारा, २९ साउन । मलेसियामा आयोजना हुन गइरहेको एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ।

आज एक औपचारिक कार्यक्रमका बीच भव्य बिदाइ गरेको हो ।

लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली मलेसिया जानुअघि तयारीका लागि आजै भारततर्फ प्रस्थान गर्दैछ। नेपालले भारतमा १० दिन बसेर विशेष प्रशिक्षण तथा अभ्यास खेलहरू खेल्नेछ र त्यसपछि उतैबाट सिधै प्रतियोगितास्थल मलेसियातर्फ उड्ने तालिका रहेको छ। 

यसपटकको एसीसी प्रिमियर कपमा नेपाली एकदिवसीय टोलीको नेतृत्व पुनः सन्दीप लामिछानेले सम्हाल्दैछन्, जसका लागि उनलाई रोहित पौडेलको स्थानमा कप्तान नियुक्त गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर