बारा, ०५ भदौ । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ टोलीले आज आफ्नो पहिलो खेल खेल्दै छ। खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे देखि हुने छ ।
अनिल शाहको कप्तानीमा मैदान उत्रिन लागेको नेपाली टोलीले आज आयोजक नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकको सामना गर्दै छ। डार्शी शर्टको कप्तानीमा रहेको एनटी स्ट्राइकमा वेस एगर, जोर्डन सिल्क र टम मेन्जिस जस्ता बिग ब्यास लिगका अनुभवी तथा स्टार खेलाडीहरूको बाहुल्य रहेको छ।
गत संस्करणका मुख्य खेलाडीहरूलाई नै निरन्तरता दिएको बलियो आयोजक टोलीविरुद्ध जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा उत्रिँदै छ।




