Saturday, August 22, 2026

काठमाडौंको होस्टलमा कुटपिट तथा हतियार प्रहारबाट युवकको मृत्यु, बाराका दुई जना पक्राउ

Advertisement
Advertisement Advertisement

बारा, ०५ भदौ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ।

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी रहेका छन्। प्रहरीका अनुसार होस्टलमा बसोबास गर्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कालाथोकीमाथि गम्भीर कुटपिट गर्दै धारिलो हतियार प्रहार गरेका थिए।

आक्रमणबाट टाउको र घाँटीमा गहिरो चोट लागेर सख्त घाइते भएका उनलाई मिनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनालगत्तै खटिएको प्रहरी टोलीले शेखर यादवलाई नियन्त्रणमा लिएको छ भने फरार रहेका अर्का अभियुक्त प्रमित पटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको छ। पक्राउ परेका पटेललाई काठमाडौं ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर