Saturday, September 19, 2026

अनुदानको युरिया मल कालोबजारी गरी वीरगञ्ज पठाएको आरोपमा ३ जना पक्राउ

Advertisement
Advertisement

बारा, ०६ भदौ । किसानका लागि सरकारी अनुदानमा प्राप्त युरिया मल बागलुङबाट अवैध रूपमा वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबस प्रयोग गरी वीरगञ्ज पठाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

तोकिएको कोटाअनुसार स्थानीय किसानलाई बिक्री नगरी अन्यत्र पठाएको अभियोगमा पर्साको छिपहरमाई गाउँपालिका–६ का दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्य पक्राउ परेका हुन्।

पक्राउ परेका अभियुक्तहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध र सजाय ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर