Saturday, September 19, 2026

गरिमा चौधरी हत्या प्रकरण: गृहमन्त्रीसँग वार्ताका लागि आमाबुबालाई काठमाडौं लगिँदै

Advertisement
Advertisement

बारा, ०६ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले देशव्यापी रूपमा गम्भीर ध्यान खिचेको छ।

मृतक बालिकाकी आमा मानमती चौधरी र बुवा मनोज चौधरीसहित केहि व्यक्तिलाई गृहमन्त्री सुधन गुरुङसँग वार्ता तथा छलफलका लागि काठमाडौं लगिँदैछ।

घटनालाई लिएर स्थानीयस्तरमा सडक अवरुद्ध हुनुका साथै जनआक्रोशसमेत चुलिएको छ। यो समाचार तयार पार्दासम्म पीडित बालिकाका आमाबुबालाई आन्दोलनस्थलबाट प्रहरीकै गाडीमा सिमरा विमानस्थलतर्फ लगिएको छ।

पीडित परिवारले स्थानीयस्तरमा भएका केही सहमतिप्रति असन्तुष्टि जनाउँदै घटनाको निष्पक्ष तथा उच्चस्तरीय अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन्।

गृहमन्त्रीसँगको भेटमा पीडित परिवारले आफ्ना माग राख्नुका साथै अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन र घटनामा संलग्न दोषीलाई कडा कानुनी सजाय दिलाउन सरकारसँग आग्रह गर्ने बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर