Saturday, September 19, 2026

गरिमा चौधरी हत्या प्रकरण: गृह मन्त्रालयमा ५ मन्त्री, ५ सांसद र पीडित परिवारबीच वार्ता जारी

Advertisement
Advertisement

बारा, ०६ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको हत्याको घटनालाई लिएर गृह मन्त्रालयमा वार्ता जारी छ।

बालिकालाई न्याय दिलाउन र दोषीमाथि कडा कारबाहीको माग राख्दै काठमाडौँ पुगेका मृतक बालिकाका आमाबुवासहितको प्रतिनिधिमण्डल र सरकारका उच्चपदस्थ अधिकारीहरूबीच छलफल भइरहेको हो। वार्तामा गृह प्रशासनका साथै मन्त्रिपरिषद्का अन्य प्रमुख सदस्यहरू र बाराका जनप्रतिनिधिहरूको सहभागिता रहेको छ।

छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, कृषिमन्त्री गीता चौधरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र भौतिक पुर्वाधार मन्त्री सुनिल लम्साल गरी ५ जना मन्त्रीहरूको उपस्थिति रहेको छ।

त्यसैगरी बाराका २ जना सांसदहरू अरविन्द साह र रहबर अन्सारी सहित सांसदहरु अशोक चौधरी, सुरेन्द्र चौधरी र पुष्पा चौधरी समेत वार्तामा सहभागी भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर