बारा, ०७ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा एक ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन्।
स्थानीय इरफानकी छोरी सानिया खातुन आइतबार बिहान घरपछाडिको झाडीमा मृत भेटिएकी हुन्। परिवारका अनुसार बिहान करिब ९ बजेसम्म घरमै देखिएकी बालिका अचानक हराएपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर टाढा मृत फेला परेकी थिइन्।
घटनाको सूचना पाएसलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान तथा छानबिनको प्रक्रिया तीब्र पारेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार बालिकाको मृत्युको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन ।
प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।






