Sunday, September 20, 2026

युएई रोजगारीमा जाने नेपाली श्रमिकको दोहोरो प्रमाणपत्र प्रक्रिया सरल बनाउन मन्त्रीको आग्रह

Advertisement
Advertisement

बारा, ०८ भदौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच आज द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिक संयुक्त अरब इमिरेट्स (युएई)जाँदा लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थालाई सरल बनाउँदै श्रमिकलाई सहज हुने व्यवस्था गर्न अनुरोध गरेका छन्।

यस विषयमा राजदूत शामसीले युएई सरकारसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी गराउँदै आवश्यक पहल जारी रहने आश्वासन दिए।

त्यसैगरी, नेपाल र युएईबीच भएका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिहरूको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने विषयमा समेत सहमति भएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर