Thursday, September 3, 2026

सिरहामा सर्पदंशबाट एक बालकको मृत्यु

Advertisement
Advertisement Advertisement

सिरहा, ९ भदौ । सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियाका ११ वर्षीय प्रियांसु भगतको सर्पदंशबाट मृत्यु भएको छ।

भदौ ३ गते राति सुतिरहेका बेला सर्पले डसेपछि प्रियांसु र उनका ८ वर्षीय भाइ दिव्यांशुलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल हुँदै विराटनगर लगिएको थियो। उपचारकै क्रममा सोमबार साँझ प्रियांसुको मृत्यु भएको परिवारले जनाएको छ।

दिव्यांशुको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको र उनलाई उपचारपछि घर ल्याइएको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन ‘दाजुभाइ बचाउ अभियान’ समेत सञ्चालन गरिएको थियो।

प्रियांसुको मृत्यु भएपछि स्थानीयवासीले जिल्लामै पर्याप्त एन्टिस्नेक भेनमसहित प्रभावकारी सर्पदंश उपचार सेवा सुनिश्चित गर्न माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर