Saturday, September 19, 2026

ड्युटिमा खटिएको महिला प्रहरीमाथि हातपात गर्ने युवकलाई पाँच दिन थुन्न अनुमति

Advertisement
Advertisement

बारा, ०९ भदौ । काठमाडौँको बानेश्वरबाट थापागाउँ जाने सडक खण्डमा आकासे पुलमुनि पिक आवरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार तथा हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

आज बिहान आकासे पुलबाट बाटो काट्न सम्झाइबुझाइ गर्दा टेरपुच्छर नगरी उल्टै प्रहरी कर्मचारीमाथि गालीगलौज र हातपातमा उत्रिएका जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ–३१ बस्ने २७ वर्षीय राज कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने तथा अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ (पाँच) दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर