Saturday, September 19, 2026

लागुऔषध ब्राउन सुगरसहित पर्सामा एक जना पक्राउ

Advertisement
Advertisement

बारा, ०९ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका-१५ बाइपास सडकखण्डमा लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा आज दिउँसो शंकास्पद रूपमा हिँडिरहेका ३९ वर्षीय अजय प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो।

जगन्नाथपुर गाउँपालिका-६ बहुअरी प्रसौनी बस्ने यादवको खानतलासी गर्दा उनले लगाएको सेतो प्यान्टको दाहिने खल्तीबाट प्लास्टिक बाहेक ८१ ग्राम ३७ मिलिग्राम (प्लास्टिकसहित ९४ ग्राम ७२ मिलिग्राम) ब्राउन सुगर फेला परेको छ। साथै, उनको साथबाट बा.१८ च ९००३ नम्बरको सेतो कारको साँचो फेला परेपछि वडा नं. ८ मा रोकिराखिएको उक्त कारसमेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका यादव र बरामद कार तथा लागु औषधलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर