Sunday, August 30, 2026

भारतबाट चौथो चरणको राहत सामग्री र प्राविधिक टोली काठमाडौँ आइपुग्यो

Advertisement
Advertisement Advertisement

बारा, १४ भदौ । छिमेकी देश भारतले प्राकृतिक विपद्को सामना गरिरहेको नेपालका लागि पठाएको चौथो चरणको राहत सामग्री तथा उच्चस्तरीय प्राविधिक टोली काठमाडौँ आइपुगेको छ।

भारत सरकारद्वारा पठाइएको उक्त राहत सामग्री आइतबार बिहान औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार चौथो चरणको राहत सामग्रीमा मुख्यगरी प्रभावित नागरिकका लागि कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट तथा आवश्यक सरसफाइसम्बन्धी (हाइजिन किट) सामग्रीहरू रहेका छन्। 

राहत सामग्रीका साथै भारतले उद्धार र खोजी कार्यलाई तीव्रता दिन उच्चस्तरीय विशेषज्ञ टोलीसमेत परिचालन गरेको छ। जसअन्तर्गत सुरुङ तथा भौतिक संरचनाभित्र अड्किएकाहरूको खोज तथा उद्धारका लागि आवश्यक आधुनिक उपकरणसहितको सुरुङ प्राविधिक टोली र जटिल अवस्थामा शव पहिचान तथा डिएनए परीक्षणका लागि फरेन्सिक विज्ञहरूको टोली नेपाल आइपुगेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर