बारा, १४ भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीको प्रभावले त्रिशूली नदीमा बहाव बढेपछि काठमाडौं-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेश ट्राफिक प्रहरीका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी आवागमन ठप्प भएको हो।
मुख्य राजमार्ग नै अवरुद्ध भएपछि हजारौँ यात्रु तथा सवारी साधन बिचबाटोमै रोकिएका छन् ।



