Monday, August 31, 2026

लागूऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिक पर्साबाट पक्राउ

Advertisement
Advertisement Advertisement

बारा, १५ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले १०० ग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित माइधिया पोखरी अगाडिको सडकखण्डमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूलाई रोकेर चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त परिमाणको लागूपदार्थ बरामद भएको हो।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य, पूर्णिया जिल्लाका १९ वर्षीय कृष्णा कुजुर, १९ वर्षीय आदित्य राज तिगा र १८ वर्षीय आशिष कुजुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार बरामद लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर