Monday, August 31, 2026

एसीसी मेन्स प्रिमियर कप: बहराइनद्वारा नेपाललाई ८८ रनको सामान्य लक्ष्य

Advertisement
Advertisement Advertisement

बारा, १५ भदौ । मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कपअन्तर्गत बहराइनविरुद्धको खेलमा नेपालले ८८ रनको सामान्य लक्ष्य पाएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले बहराइनलाई ८७ रनमै धराशयी बनायो।

बहराइनलाई कम स्कोरमा रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै एक्लै ५ विकेट लिए। उनले आफ्नो १० ओभरको स्पेलमा ४ मेडन राख्दै मात्र १४ रन खर्चिए। त्यस्तै, बलिङतर्फ ललित राजवंशीले ३ विकेट र करण केसीले २ विकेट लिँदै सन्दीपलाई बलियो साथ दिएका थिए।

बहराइनका लागि फाइज अहमदले सर्वाधिक १५ रन बनाए भने मुहम्मद वासीमले १३ र अली दवाडले १० रनको योगदान दिए; अन्य ब्याटरहरूले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। ८८ रनको झिनो लक्ष्य पछ्याउँदै नेपाल केही बेरमै जवाफी ब्याटिङका लागि मैदान उत्रिँदै छ।

यस प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा स्थान बनाउने मुख्य लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रेको हो। यसअघि सन् २०२३ मा काठमाडौंमा सम्पन्न प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपालले पहिलो पटक ऐतिहासिक एसिया कपमा आफ्नो स्थान पक्का गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर