Tuesday, September 1, 2026

बाल एकताका विद्यार्थीलाई दिइयो ट्राफिक सचेतना

Advertisement
Advertisement Advertisement

बारा, १६ भदौ । बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कुलमा ट्राफिक सचेतना दिइएको छ। यहाँ अध्ययनरत कक्षा ९ का १०५ र कक्षा १० का ८५ जना गरि करिब १९० जना विद्यार्थीलाई ट्राफिक सचेतनामूलक प्रशिक्षण दिइएको हो।

विद्यालयको सभाहलमा एक कार्यक्रमबीच अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख ट्राफिक प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादवले सोमबार प्रशिक्षण दिएका हुन्। उनले विद्यार्थीलाई सडक सुरक्षा, ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिएका हुन्।

प्रशिक्षणका क्रममा चालक अनुमतिपत्रको आवश्यकता, जेब्रा क्रसिङबाट सडक पार गर्ने तरिका, सडक सांकेतिक चिन्हको पहिचान, ट्राफिक लाइटको अर्थ, विभिन्न ट्राफिक चिन्ह र सडक पेटीको सुरक्षित प्रयोगबारे जानकारी दिइएको छ। पैदलयात्रुले सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, मोटरसाइकल तथा स्कुटर चलाउँदा हेल्मेटको अनिवार्य प्रयोग, सवारीसाधनमा यात्रा गर्दा सिटबेल्ट लगाउने,सवारीसाधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,मोबाइल फोन प्रयोग नगर्ने, तीव्र गतिमा सवारी नचलाउने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउन नहुने विषयमा पनि विद्यार्थीलाई सचेत गराइएको थियो।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बसको झ्याल वा ढोकाबाट शरीर बाहिर ननिकाल्ने, चलिरहेको सवारीमा चढ्ने–ओर्लने नगर्ने तथा बसभित्र जोखिमपूर्ण व्यवहार नगर्नेलगायतका विषयमा समेत प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा ट्राफिक सम्बन्धी ऐन, कानुन, नियम उल्लंघन गर्दा हुने कारबाही तथा जरिवाना, सवारी दुर्घटनाका प्रमुख कारण र दुर्घटना न्यूनीकरणमा विद्यार्थीको भूमिकाबारे जानकारी दिइएको थियो।

ट्राफिक प्रहरी जवान विरेश यादवले कार्यक्रममा सहजीकरण गरेका थिए। उक्त कार्यक्रममा बाल एकता बोर्डिङ स्कुलका सह–प्रबन्धक संगीता सरार्फ, माध्यमिक तहका संयोजक प्रशान्त सरार्फ,प्रियान्सु सरार्फ, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर