Tuesday, September 1, 2026

कोल्हबीबाट १९ क्युफिट सालको काठ बरामद

Advertisement
Advertisement Advertisement

कोल्हवी,१६ भदौ। वनबाट चोरी गरी ल्याइएको आशंका गरिएको सालको काठ बाराको कोल्हबीबाट बरामद भएको छ। कोल्हबी नगरपालिका–४ लामपोईनी आसपासको झाडीमा लुकाएर राखिएको अवस्थामा वन कर्मचारी र प्रहरीको संयुक्त टोलीले पाँच थान सालका गोलिया फेला पारेको हो।

विशेष सूचनाका आधारमा परिचालन भएको टोलीले झाडीमा खोजी गर्ने क्रममा काठ फेला पारेको कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलले जानकारी दिए। उनका अनुसार बरामद काठको कुल परिमाण १९ क्युफिट रहेको छ। वन कार्यालयका अनुसार काठ ओसारपसारमा संलग्न व्यक्ति वा समूहले तत्कालका लागि लुकाएर राखेको हुन सक्ने प्रारम्भिक अनुमान छ। टोली घटनास्थलमा पुग्दा काठ राख्ने व्यक्ति त्यहाँ नभेटिएकाले उनीहरू भागेको हुनसक्ने आशंका गरिएको छ।

बरामद काठलाई घटनास्थलबाट उठाएर सवारीसाधनमार्फत कोल्हबी सब–डिभिजन वन कार्यालयमा ल्याइएको छ। कार्यालयका अनुसार बरामद सालको काठको बजार मूल्य करिब ४२ हजार रुपैयाँ बराबर पर्न जाने अनुमान गरिएको छ। काठ कहाँबाट कटान गरेर ल्याइएको हो र यसमा को–को संलग्न छन् भन्ने विषयमा वन कार्यालयले अनुसन्धान अघि बढाएको छ। संलग्न व्यक्तिको पहिचान भएपछि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने डिभिजन वन कार्यालय बाराले जनाएको छ।

डिभिजन वन अधिकृत सुजितकुमार झाले अवैध कटान तथा चोरी–निकासी नियन्त्रणका लागि वन क्षेत्रमा निगरानी र गस्ती बढाइएको बताए। बरामद काठसम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर थप कारबाही अघि बढाइने उनले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर