Tuesday, September 1, 2026

बारामा ईभीको ठक्करले ७ वर्षीय बालकको मृत्यु

Advertisement
Advertisement Advertisement

बारा, १६ भदौं। बाराको परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ।

वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०९०१ नम्बरको ईभी गाडीले मंगलबार दिउँसो करिब १२ः३० बजे बाटो काट्दै गरेका भारत मोतिहारी जिल्लाका महम्मद गुफानका ७ वर्षीय छोरा महम्मद ईशानलाई ठक्कर दिएको थियो।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका ईशानलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो २ बजेतिर चिकित्सकले ईसीजी जाँचपछि उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले ईभी गाडी र चालक पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी २६ वर्षीय लक्षुमन पासवानलाई नियन्त्रणमा लिएको छ।

मृतकको शव मुचुल्का पश्चात् पोस्टमार्टमका लागि नारायणी अस्पताल, पर्सा लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर