बारा, २२ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि राजधानी काठमाडौँ फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे सम्बोधन गर्ने छन्।




