Friday, October 9, 2026

प्रसौनीमा घटस्थापनादेखि सप्तमीसम्म मासु–माछा पसल बन्द, अटेर गरे कारबाही हुने

Advertisement
Advertisement

बारा, २२ असोज। बाराको प्रसौनी गाउँपालिका–२ वडा कार्यालयले बडादशैंको अवसरमा प्रसौनी चौक तथा प्रसौनी बजार क्षेत्रमा सञ्चालित सम्पूर्ण मासु तथा माछा पसल घटस्थापनादेखि सप्तमीसम्म बन्द गर्न आग्रह गरेको छ।

वडा कार्यालयले आज असोज २२ गते जारी गरेको सूचनामा दुर्गा पूजा भइरहेको तथा दशैं पर्वलाई मध्यनजर गर्दै प्रसौनी चौक र बजारमा रहेका मासु तथा माछा पसल घटस्थापनाको दिनदेखि सप्तमीसम्म बन्द गरी सहयोग गर्न अनुरोध गरिएको छ।

वडा कार्यालयले सार्वजनिक गरेको सूचनामा उक्त अवधिमा पसल बन्द नगरेमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

वडा कार्यालयले आवश्यक कार्यान्वयन तथा सुरक्षाका लागि प्रसौनी गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय प्रसौनी, नौतनलाई समेत बोधार्थ पठाएको छ।

वडा अध्यक्ष हृदय कुमार साह तेलीले जारी गरेको सूचनामार्फत दशैं पर्वलाई व्यवस्थित तथा मर्यादित बनाउन स्थानीय व्यवसायीलाई सहयोग गर्न आग्रह गरिएको हो।

सुचना

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर