कलैया, २९ असार। साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आजको खेलमा बंगलादेशसँग नेपाल पराजित भएको छ । बंगलादेशमा भएको खेलमा बंगलादेशसँग नेपाल ३-२ गोलअन्तरले पराजित भएको हो।
नेपालका लागी अनिशा राई र मीना देउवाले १-१ गोल गरिन्। त्यस्तै बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले १-१ गोल गरिन्।
यस अघि पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलअन्तरले पराजित गरेको थियो।