Friday, August 14, 2026

महिला विश्वकप जिते कुन टिमले कति पुरस्कार पाउनेछन्?

Advertisement
Advertisement Advertisement

काठमाडौं, १६ कात्तिक। आइसीसी महिला क्रिकेट विश्वकप २०२५ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच आइतबार प्रतिस्पर्धा हुँदै छ। खेल नेपाली समय अनुसार अनुसार दिउँसो ३:१५ बजे नवी मुम्बईस्थित डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुनेछ।

भारत र दक्षिण अफ्रिका दुवैले अहिलेसम्म महिला विश्वकप जितेका छैनन्। यो विजेता टोलीको लागि ऐतिहासिक क्षण हुनेछ। उपाधि भिडन्त रोमाञ्चक हुने सम्भावना छ।

यस पटक विश्वकपमा च्याम्पियन बन्ने टोलीमाथि पैसाको वर्षा हुनेछ। महिला विश्वकपको १३ औँ संस्करणको विजेता टोलीले ४.४८ मिलियन डलर (करिब ४० करोड भारतीय रुपैयाँ) पाउनेछ। यो रकम २०२२ मा अस्ट्रेलियाले प्राप्त गरेको पुरस्कार राशि (१.३२ मिलियन डलर) भन्दा २३९ प्रतिशतले बढी हो।

उपविजेताले २.२४ मिलियन डलर (करिब २० करोड भारतीय रुपैयाँ प्राप्त गर्नेछ। यो रकम २०२२ मा इङ्गल्याण्डले प्राप्त गरेको ६००,००० डलर भन्दा २७३ प्रतिशतले बढी हो।

सेमिफाइनलमा हारेका दुई टोली (अष्ट्रेलिया र इङ्ग्ल्याण्ड)ले बराबर १.१२ मिलियन डलर (करिब भारु ९.३ करोड) प्राप्त गरेका छन्। अघिल्लो संस्करणमा यो रकम केवल ३००,००० डलर थियो।

अंक तालिकामा पाँचौं र छैटौं स्थानमा रहेका टोली (श्रीलंका र न्यूजील्याण्ड)ले बराबर ७००,००० डलर (करिब भारु ५.८ करोड) प्राप्त गरे।

यस्तै सातौं र आठौं स्थानमा रहेका टोली (बंगलादेश र पाकिस्तान)ले २८०,००० डलर (करिब भारु २.३ करोड) प्राप्त गरे।

यस प्रतियोगितामा भाग लिन प्रत्येक टोलीलाई २,५०,००० डलर (करिब भारु २ करोड) को छुट्टै ग्यारेन्टी पैसा दिइँदैछ। यति मात्र नभई समूह चरणमा प्रत्येक खेल जितेबापत टोलीहरूले ३४,३१४ डलर (करिब भार। २८ लाख) प्राप्त गर्ने छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर