Wednesday, June 3, 2026

रास्वपाले बोलायो सचिवालय बैठक

spot_img

बारा, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आह्वान गरेको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार उक्त बैठक भोलि आइतबार मध्यान्ह साढे १२ बजे बस्ने तय भएको छ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुने बैठकमा पार्टीको भावी रणनीति, सांगठनिक सुदृढीकरण र पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ।

बैठकमा पार्टीका पदाधिकारीहरूको उपस्थिति रहनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर