बारा, २२ वैशाख । नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै शानदार जित हात पारेको छ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा नेपालले ओमानमाथि जित निकालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रनको चुनौतीपूर्ण लक्ष्य तयार पारेको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९४ रनको अर्धशतकीय इनिङ खेले भने अर्जुन कुमालले ४८ रन र आरिफ शेखले आक्रामक ४३ रन जोडे।
जवाफी ब्याटिङमा उत्रिएको ओमानको ३९.५ ओभरमा १७५ रनमै सबै विकेट गएको थियो । नेपालका लागि गुल्सन झा एक्लैले ५ विकेट लिएर ओमानको ब्याटिङ लिएका थिेए ।



