Tuesday, June 23, 2026

रास्वपाको प्रथम महाधिवेशन: आज दिउँसो २ बजेदेखि बन्दसत्र सुरु हुने

बारा, ०९ असार । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज असार ९ गते दिउँसो २ बजेदेखि बन्दसत्र प्रारम्भ हुने भएको छ।

तालिका अनुसार पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा बन्दसत्रको औपचारिक सुरुवात गरिनेछ। सो बन्दसत्र पार्टी महामन्त्रीको सञ्चालनमा अघि बढ्ने तालिका रहेको छ।

बन्दसत्र अन्तर्गत दिउँसो २:१० बजेदेखि विभिन्न प्रतिवेदनहरू प्रस्तुत र छलफल गरिने कार्यसूची तय गरिएको छ।

जसअनुसार अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले, वित्तीय प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले र संगठनात्मक प्रतिवेदन महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गर्ने छन्।

यसैगरी, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्यले विधान संशोधन प्रस्ताव, उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ-राजनीतिक प्रस्ताव र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

प्रतिवेदनहरू पारित र अनुमोदन भएपछि निर्वाचन आयोगलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिने र त्यसलगत्तै निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गरी प्रक्रिया अगाडि बढाइनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर