बारा, १० भदौ। रसुवास्थित भोटेकोशी नदीमा आज अचानक आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।
बाढीमा परी रसुवाका टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङस्थित प्रहरी युनिटमा कार्यरत २६ जना प्रहरी जवानहरू सम्पर्कविहीन भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीका कारण त्यस क्षेत्रको सञ्चार र यातायात सेवा प्रभावित हुँदा उनीहरूसँग सम्पर्क हुन नसकेको हो।
बाढीपछिको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । जसक्रममा नुवाकोट र धादिङका विभिन्न स्थानमा आठ जनाको शव फेला परेको छ। बाढीले भोटेकोसी नदी तटीय क्षेत्रका बस्ती, पुल तथा सडक पूर्वाधारहरूमा ठूलो क्षति पुर्याएको छ भने भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने प्रयास जारी रहेको छ।



