Wednesday, September 23, 2026

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

Advertisement
Advertisement

बारा, ०७ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा हालैका दिनहरूमा निम्तिएका प्राकृतिक विपद्हरूले विश्वभर बढ्दै गएको जलवायु सङ्कटको जोखिमलाई स्पष्ट रूपमा पुष्टि गरेको बताएका छन्।

राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन समारोहलाई न्यूयोर्कमा सम्बोधन गर्दै उनले बढ्दो विश्वव्यापी तापक्रमका कारण नेपाललगायत हिमाली मुलुकहरू गम्भीर सङ्कटमा परेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएका हुन।

तीन वर्षअघि आफ्नो नेपाल भ्रमणका क्रममा विश्वको छाना भत्किँदै गएको भन्दै तीव्र गतिमा पग्लिरहेका हिमनदीहरूबारे दिएको चेतावनीको स्मरण गराउँदै महासचिव गुटेरेसले पछिल्ला घटनाहरूले जलवायु परिवर्तनका असरहरू अनुमान गरिएभन्दा धेरै छिटो, गम्भीर र व्यापक रूपमा देखा परेको प्रमाणित गरेको उल्लेख गरेका हुन।

महासचिव गुटेरेसले जलवायु परिवर्तन अब भविष्यको चुनौती मात्र नरहेर वर्तमानको तीतो यथार्थ बनिसकेको स्पष्ट पार्दै जलवायु न्यायको मुद्दालाई जोडदार रूपमा उठाए । कार्बन उत्सर्जनमा नगण्य योगदान रहेका नेपालजस्ता जोखिमयुक्त मुलुकहरूले नै जलवायुजन्य विपद्को सबैभन्दा ठूलो मूल्य चुकाउनुपरेको भन्दै उनले प्रदूषण फैलाउने मुख्य राष्ट्रहरूले नै यसको क्षतिपूर्ति तिर्नुपर्ने धारणा व्यक्त गरे ।

साथै, उनले जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा रकम अत्यन्त न्यून रहेको भन्दै विकसित मुलुकहरूलाई आफ्ना प्रतिबद्धताहरू पूरा गर्न, जलवायु अनुकूलन वित्तलाई तीन गुणाले बढाउन र हानि तथा क्षति कोषमा तत्काल पर्याप्त आर्थिक स्रोत जुटाउन आह्वान गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर