Friday, October 9, 2026

चाडपर्वमा हवाई भाडा बढाएको गुनासोपछि क्यानको सक्रियता, सस्तोमा टिकट बिक्री गर्ने सहमति

Advertisement
Advertisement

काठमाडौं, २२ असोज। नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा यात्रुका गुनासो सम्बोधन गर्न क्यानले सम्बन्धित वायुसेवा कम्पनीका प्रतिनिधिलाई छलफलमा बोलाएको हो।

छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीबीच स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने/गराउने सहमति भएको जनाइएको छ। साथै, उक्त भाडादरबारे सम्बन्धित वायुसेवा कम्पनीका बिक्री तथा वितरण प्लेटफर्ममा स्पष्ट रूपमा सूचना प्रकाशित गर्ने सहमति पनि भएको छ।

आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतमसम्मको भाडादर तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयअनुसार २०७२ मंसिर २७ गते निर्धारण गरिएको थियो।

क्यानले चाडपर्वका बेला यात्रुको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै हवाई टिकट बिक्री तथा भाडादरमा पारदर्शिता कायम गर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर