Friday, October 9, 2026

कांग्रेसले प्रतिनिधिका लागि आवास र भोजन थप्यो, भोलि निर्वाचन हुदैं 

Advertisement
Advertisement

काठमाडौं, २२ असोज। नेपाली कांग्रेसको महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूलाई परेको असहजतालाई मध्यनजर गर्दै आवास तथा भोजनको थप व्यवस्था गरिने भएको छ।

निर्वाचन समितिले असोज २३ गते बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन गर्ने गरी कार्यक्रम परिमार्जन गरेपछि कांग्रेसले प्रतिनिधिहरूको सहजताका लागि यस्तो व्यवस्था गरेको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार एक दिन अधिवेशन लम्बिँदा आवासमा समस्या परेका प्रतिनिधिहरूले आफ्नो क्षेत्रका क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि आवश्यकताअनुसार आवासको व्यवस्था गरिने जनाइएको छ।

त्यस्तै, असोज २२ गते साँझसम्म पूर्वनिर्धारित तालिकाअनुसार भोजनको व्यवस्था यथावत् रहनेछ। थपिएको समयावधिका लागि पनि भृकुटीमण्डपस्थित साविककै स्थानमा भोजनको व्यवस्था गरिने कांग्रेसले जनाएको छ।

निर्धारित तालिकाभन्दा एक दिन समय थपिँदा उत्पन्न भएको असहजतालाई परिस्थितिजन्य बाध्यताका रूपमा लिएर एकताबद्ध भई असोज २३ गते बिहानैदेखि निर्वाचन प्रक्रियामा सहभागी हुन सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर