Friday, October 9, 2026

पुरानो रिसइबीमा चक्कु प्रहार, जनकपुरमा एक युवकको मृत्यु, एक गम्भीर

Advertisement
Advertisement

जनकपुरधाम, २३ असोज। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ स्थित रहिम पथनजिक पुरानो रिसइबीका कारण भएको चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जनकपुरधाम–५ सोनारपट्टी दाहा चोक निवासी २४ वर्षीय आमिन साफी रहेका छन्। सोही स्थानका २५ वर्षीय इम्तियाज राईन गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार दुवै जनामाथि धारिलो हतियार प्रहार भएको थियो। उनीहरूको छाती तथा पेटमा चोट लागेको जनाइएको छ। गम्भीर घाइते राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय मोहमद इलसाद खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि उनकी ४२ वर्षीया आमा सैमुन खातुनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

घटनाको कारण पुरानो रिसइबी रहेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनाको विस्तृत कारण तथा संलग्नताको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर