Friday, October 9, 2026

ठाकुर राम क्याम्पसमा एक महिनाभन्दा बढी पर्व बिदा

Advertisement
Advertisement

वीरगञ्ज, २३ असोज। वीरगञ्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसले विजयादशमी, तिहार तथा छठ पर्वको अवसरमा लामो बिदा दिने भएको छ।

क्याम्पसले शुक्रबार जारी गरेको सूचनाअनुसार असोज २६ गते सोमबारदेखि कात्तिक ३० गते सोमबारसम्म क्याम्पसमा बिदा रहनेछ। यो अवधि १२ अक्टोबरदेखि १६ नोभेम्बर २०२६ सम्म रहेको क्याम्पसले जनाएको छ।

यद्यपि, कात्तिक ९ गते सोमबारदेखि क्याम्पस कार्यालयसम्बन्धी सम्पूर्ण प्रशासनिक कामकाज भने नियमित रूपमा सञ्चालन हुने सूचनामा उल्लेख छ।

क्याम्पसका निमित्त प्रमुख कुमार सच्चिदानन्द सिंहले विजयादशमी, तिहार तथा छठ पर्वको अवसरमा क्याम्पसका सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर