Wednesday, October 28, 2026

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, पुरानो हारको बदला लिने दाउमा पोखरा

Advertisement
Advertisement

काठमाडौं, ११ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको चौथो खेलमा दुवै टोली कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आमनेसामने हुँदैछन्।

खेल नेपाली समयअनुसार अपराह्न ५ बजे सुरु हुनेछ। पोखरा एभेन्जर्स यस संस्करणको पहिलो खेल खेल्दैछ भने सुदूरपश्चिम रोयल्स आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि पुनरागमन गर्ने लक्ष्यमा छ। सुदूरपश्चिम पहिलो खेलमा ८७ रनमा समेटिएको थियो र लुम्बिनीले ६ विकेटको जित निकालेको थियो।

दुई संस्करणको भेटमा सुदूरपश्चिम अपराजित

एनपीएलका अघिल्ला दुई संस्करणमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच दुईपटक प्रतिस्पर्धा भएको छ। दुवै खेलमा सुदूरपश्चिम विजयी भएको छ ।

सन् २०२४ मा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १४८ रनमै सीमित भएको थियो। त्यसैगरी, सन् २०२५ मा सुदूरपश्चिमले १९३ रन बनाउँदा पोखराले १७५ रन मात्रै बनाउन सक्यो। लगातार दुई हारको दबाबमा रहेको पोखराका लागि आजको खेल पुरानो नतिजा बदल्ने अवसर हुनेछ।

सुदूरपश्चिम भने यसपटक पनि आफ्नो दबदबा कायम राख्दै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ। लगातार दुई संस्करणको उपविजेता बनेको टोली यसपालि उपाधि जित्ने लक्ष्यमा छ। पोखराले भने अघिल्ला दुई संस्करणमा प्लेअफसम्म पुग्न सकेको थिएन।

सम्भावित प्लेइङ–११

पोखरा एभेन्जर्स: कुशल भुर्तेल (कप्तान), अर्जुन घर्ती, अर्जुन कुमाल (विकेटकिपर), शाकिब अल हसन, महेदी हसन, चमिका करुणारत्ने, धनञ्जय लक्षान, मोहम्मद सैफुद्दिन, सागर ढकाल, आकाश चन्द र विपिन खत्री।

सुदूरपश्चिम रोयल्स: विनोद भण्डारी (विकेटकिपर), ब्रान्डन म्याकमुलन, शेरफेन रदरफोर्ड, दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, हैदर अली, फाबियन एलेन, स्कट कुगेलेइन, सैफ जैब, अविनाश बोहरा र हेमन्त धामी।

कसको पक्षमा जाला नतिजा?

पोखराका लागि कप्तान कुशल भुर्तेलको आक्रामक ब्याटिङसँगै शाकिब अल हसन र महेदी हसनजस्ता अनुभवी विदेशी खेलाडीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ। बलिङमा सागर ढकाल र आकाश चन्दको भूमिका निर्णायक हुन सक्छ।

सुदूरपश्चिमसँग दीपेन्द्रसिंह ऐरीको नेतृत्व, शेरफेन रदरफोर्डको आक्रामक ब्याटिङ तथा स्कट कुगेलेइन र अविनाश बोहराको बलिङ मुख्य हतियारका रूपमा रहनेछन्। अघिल्ला भेटमा सुदूरपश्चिमले देखाएको प्रदर्शनले उसलाई मनोवैज्ञानिक लाभ दिए पनि पोखराले घरेलु समर्थकको साथमा नयाँ सुरुवात गर्ने अवसर पाएको छ।

टी–२० क्रिकेटमा केही ओभरको प्रदर्शनले नै खेलको दिशा बदल्न सक्ने भएकाले आजको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ। पोखराले पुरानो हारको बदला लिन्छ वा सुदूरपश्चिमले आफ्नो अपराजित यात्रालाई तीन खेलसम्म पुर्‍याउँछ भन्ने निर्णय मैदानमै हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर