Monday, August 10, 2026

अहमदाबादमा भएको विमान दुर्घटनामा ३०० जनाभन्दा बढीको मृत्यु भएको आशंका

काठमाडौँ, २९ जेठ। भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको विमान दुर्घटनामा ३०० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।

विमान खसेको भवनमा पनि ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । विमान खसेको भवनमा डाक्टरहरू बस्ने गर्थे । दुर्घटनाका बेला त्यहाँ ५०–६० जना डाक्टर रहेको बताइएको छ । उनीहरूको अवस्थाबारे यथार्थ जानकारी आइसकेको छैन ।

यस्तै उक्त विमान दुर्घटनामा गुजरातका पुर्व मुख्यमन्त्री विजय रुपाणी र चालक दलका सदस्यसहित २४२ जना सबैको मृत्यु भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन्।

उक्त विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ जना क्यानिडियन नागरिक र ७ जना पोर्चुगिज नागरिक थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर