23.1 C
Kalaiya

Wednesday, March 26, 2025
23.1 C
Kalaiya
Wednesday, March 26, 2025

spot_img

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

spot_img
spot_img

बारा,२८ असोज । बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । घाँस काट्न गएको बेला जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर २ निवासी अन्दाजी ६३ वर्षीय हस्त बहादुर ठोक्करको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार घरबाट घाँस काट्न गएको बेला जंगलबाट नफर्केपछि आफन्त र स्थानीयहरुले जंगलमा गई खोजतलास गर्दा जंगली हात्तिको आक्रमणबाट मृत अवस्थामा फेला परेका थिए ।

शवको मुचुल्का पश्चात पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाईएको प्रवक्ता सापकोटाले बताएका छ्न ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर