Monday, July 6, 2026

बाराका अनिल शाहले ‘जय ट्रफी पुरुष एलिट कप’ पनि नखेल्ने

बारा,१४ पुस । नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिता बाराका अनिल शाह नखेल्ने भ​एका छन ।

नेपाल प्रिमियर लिग(एनपिएल)मा घाइते भ​एका अनिल आगामी पुस २१ देखि हुने जय ट्रफी प्रतियोगिता पनि गुमाउने भ​एका हुन । उनको बायाँ हातको औँलामा चोट लागेको थियो। उनले यस अघि एनपीएलको सेमिफाइनल र फाइनल गुमाएका थिए।

सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने एलिट कप प्रतियोगिता आगामी पुस २१ देखि माघ ३ गतेसम्म मधेश प्रदेशको विरगञ्ज र जनकपुरमा हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर