काठमाडौं,२२ पुस । जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि दुई सदस्य तोकेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई सदस्य तोकिएको छ ।
संविधान संशोधनका विषयलाई लिएर धारणा समान बनाउन भन्दै मधेसकेन्द्रित दलहरूले मोर्चाबन्दी बनाउन लागेका छन्।