Thursday, June 18, 2026

बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

बारा,२४ माघ । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुल स्थित श्रीपुरबाट मिलनचोक तर्फ जाँदै गरेको ना ३ त ८४१९ नं. को ट्याकटरले नितपुरबाट हरपुर तर्फ आउँदै गरेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने ३१ वर्षका बिजयकुमार महतो रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका महोतोको उपचारको क्रममा बीरगंज स्थित ब्योधा अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर