Friday, June 19, 2026

मकवानपुरबाट लागूऔषध अफिम सहित बाराका दुई जना पक्राउ

बारा,३० माघ । मकवानपुरबाट लागूऔषध अफिम सहित बाराका दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका- ४ बस्ने बर्ष १८ को दिपक साह र सिम्रौनगढ नगरपालिका-१ बस्ने बर्ष १९ को शसि मुखिया रहेको प्रहरीले जनाएको छ ।

मकवानपुर राक्सिराङ गाउँपालिका-५ स्थित बोटबारी नजिक पैदल हिडीरहेको अबस्थामा दुई जनालाई शंका लागी खानतलासी गर्ने क्रममा उनीहरुले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा २ किलो १४० ग्राम लागुऔषध अफिम फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर