Monday, October 5, 2026

कलैयामा पत्रकारमाथि दुर्व्यवहार गर्ने अस्पताल सञ्चालकले माफी मागे

Advertisement
Advertisement

कलैया , १४ वैशाख । बाराको कलैयास्थित योगशिला हस्पिटल प्रा.लि का सञ्चालक पवन गुप्ताले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनापछि जिल्ला प्रहरी कार्यालय बारामा पत्रकारसँग माफी मागेका छन्। उनले आफूले गल्ती गरेको स्वीकार गर्दै अबदेखि यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता जनाएका छन । दुवै पक्षबीच सहमति भएपछि सञ्चालक गुप्ता रिहा भएका छन्।

गत शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनका क्रममा योगशिला अस्पतालमा रिपोर्टिङ्ग गरिरहेका पत्रकार सन्दीप यादवमाथि सञ्चालक पवन गुप्ता र अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका थिए। पत्रकार यादवमाथि गालीगलौज गर्नुका साथै प्रेस कार्ड खोस्ने, मोबाइल खोस्ने प्रयास गर्ने र गोली हान्ने धम्कीसमेत दिइएको थियो।

घटना भएपछि शनिबार नै जिल्ला प्रहरी कार्यालय बाराले गुप्तालाई नियन्त्रणमा लिएको थियो। अन्ततः आइतबार बिहान जिल्ला प्रहरी कार्यालयमा सहमति भएपछि अस्पताल सञ्चालक गुप्ता रिहा भएका हुन्।

यस घटनाप्रति सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रताको सम्मान हुनुपर्ने माग गर्दै आपत्ति जनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर